कवि सम्मेलन


पांच बजे थियो कवि सम्मेलन, हतार गर्दा पनि ढिलो पुगेछु ।
कोटको खल्ती छामी हेर्दा , कविता नै ल्याउन भुलेछु ।

वरीपरी हेरे, सबैजना थिए तमतयार ,
सम्मेलन त ढिलो सुरूहुने रहेछ व्यर्थ गरेछु हतार ।

आतिएको थिए एती, आफ्नो कविताहरु याद भएन ।
घर गएर कविता ल्याउने समय पनि थिएन ।


हतार हतार यो मनोभाव, कवितात्मक सैलीमा कोरे ।
पुरा हुने बितिकै पहिले म भन्छु भनि अगाडी बढे ।

मंच पुगी, कसैलाई नहेरी कविता बाचन गरें ।
कविता पश्च्यात, धन्यवाद भनि चारैतिर हेरें ।

सबैले ताली त बजाए, तर अस्चार्यजनक थिए सबको मुहार ।
सबैलाई कविता मनपरेछ भनि मंचबाट ओर्लिदै गरें नमस्कार ।

मंचबाट ओर्लिएर तल आउदा पो अस्चार्यको कारण बुझेछु ।
कबि सम्मेलन आज हैन रहेछ, म त एक दिन अगाडी पो पुगेछु

0 Comments