देख्दा रगतमा लत्पतिएको खुकुरी,
पुग्दछ सबै देखाउन सहानुभुति ।
भन्दछन् "कतै खुकुरीलाइ धेरै छोट लागेन ?"
अनि, सुरू हन्छन्, सबै खुकुरीसंग मुछिर्त मान्छेलाइ धिकार्न ।

"मस्त निन्द्रामा तिमी छौ कति ?,
कलीले छोएछ, बिग्रेछ तिम्रो मति ।
रक्ताम्य खुकुरी छ पीडामा यंहा,
स्वप्न दुनियामा अब पनि छौ कंहा ?"

अनि शरीर उठदैन, उठ्दछ उसको आत्मा ।
खुकुरीको चोटमा हैन, पीडा हुन्छ समाजको बातमा ।
"कम्जोर छौ तिमी, कम्जोर नै छ दृस्टी,
डरले होला सायद, तिम्रै बिग्रेछ मति ।

राम्ररी हेर रग्ताम्य म पनि छु यहां
मेरै रगतमा दुबेको खुकुरी छ जंहा ।
तर कसैको कानमा आत्माको शब्द रतीभर पुग्दैन ।
चित्त फुत्छ, आत्मा रून्छ, आत्माहिन रूदैन ।

लास सुत्यो , आत्मा उठ्यो , ज्युंदो लास हुन बाचेका जति
लास अझै ढलेको छ त्यंही, तन्द्रमा हिड्ने खुकुरीको मलामी कति ।
तन्द्रमा हिड्ने खुकुरीको मलामी कति ।
तन्द्रमा हिड्ने खुकुरीको मलामी कति ।