आज अतिथदेखि बर्तमानसम्मका एक एक पलहरू सम्झे ।
त्यहि कालन्तरमा सब भेटेका एक एक मान्छेहरू सम्झे ।
सम्झदा सम्झदै गरेका सारा सुकर्म र कुकर्महरू सम्झे ।
निभाएका र निभाउन नसकेका सारा धर्महरू सम्झे ।


अच्चानक म झस्कीन्छु अनि चारैतिर नियाल्छु ।
टेलाइरहेका सारा आंखाहरू रसाएको र भिजेको देख्छु ।
मेरेा अन्त: धमिल्याउन, दैबले सबलार्इ आसु दिए होलान ।
बिलौनाहरु ती धमिल्यउन, मलार्इ पनि आसु दिए होलान ।


म नजिकको दियो, जसरी निभ्न अगाडी एक्कासी जग्मगायो ।
त्यसरी धडकन मेरो बढ्यो एक्कासी र मन्ध मन्ध सुस्तायो ।
जब धमिलिएको आखा अगाडी, कालो अन्धकार छायो ।
तब कालो अन्धकारको क्षितिजवारी जब कसैले हात बढायो ।


अब शब्दहरुको गुन्जन रहेन, हल्का सास छ बाकी ।
साससंगै आत्माको साथ रहेन, मात्र लास छ बाकी ।
जीवन यात्राको अन्तमा, मुक्तिको बाटोमा हुत्यायो ।
क्षणभर ल्याई यो संसारमा, यो कालले किन निम्त्यायो ?