मधेशमा जन्मेको कारण बर्ण मेरो श्याम भयो
त्यसैले नै होला सायद, भाइहरु मलाई छिमेकी ठान्यो
न त मात्र गल्ति उनीहरुको, न त गल्ति मेरो बर्णको
भुल थियो, परिवार मिलाउन.. भुलेका कर्तब्य र कर्मको

अव जब सब ठिक हुदैथियो, मिल्दै थियो सब परिवार
खुला ढोका देखि छिमेकी घुस्यो घरमा, बनाइ बर्नलाइ हतियार
तर बिबिधतामा पनि यो परिवार, छैन कम्जोर र साधारण
बर्णको कारण हामी परिवार हैन, परिवार हौं जन्मको कारण