जब शब्दहरुले ओठको बाटो रोझ्छ,
मन पोखिन खोज्छ र दिमागले रोक्छ,
र भन्छ, यो भन त्यो नभन 

जब आसु तेजाब सरि हुन्छ,
आँखा रसाए आँखा पोल्छ,
आशु नझरे पोल्छ यो मन 

जब शरीरलाई मन भारि लाग्छ,
र मनलाइ शरीर बोझ लाग्छ,
छुट्टिन खोज्छ मन र तन