ट्राफिक प्रहरी भन्छन, यहाँ पार्किंग गर्न पाइदैन,
पार्किंग क्षेत्र खै ?

नगरपालिका भन्छन, त्यहाँ दिशापिसाब गर्न पाइदैन,
सार्बजनिक सौचालय खै ?

प्रहरी प्रशासन भन्छन, ८ बजे पछी यहाँ बस्न पाइदैन,
यसलाई सुरक्षा भन्छन र खै ?

कर कार्यालय भन्छन, नाफा कम देखियो, कर / सर पुगेन ,
ब्यापारको बाताबरण खै ?

राज्य भन्छन, बिरोध र माग गर्न पाईदैन,
समर्थन मात्र लोकतन्त्र हो र खै ?

जनता भन्छन, यो देशले यो दिएन त्यो दिएन,
नेता मात्र देश हो र खै ?