गल्ति त मेरो केहि छैन,सबै भन्दछन मेरै भुल छ रे |
मेरो भागमा मात्र काँडा, उसको भागमा फुल छ रे |

आज म एक्लो अनुभव गर्छु, चारै तिर हुल छ रे |
प्यासी छु म अति, आफ्नै आँखामा पानीको मूल छ रे |

मायामा सुख नै सुख देख्छु, बिछोडमा दुखले असुल्छ रे |
माया गर्नु गल्ति हैन, बिछोडमा सम्झनु मेरे भुल छ रे |