तिमीसँग दुई विकल्प थिए:
कि त त्यो विष निल्नु
र आफैँलाई भित्रैदेखि जलाउनु,
कि त त्यसलाई ओकल्नु
र आफ्नो संसारलाई
खरानी बनाउनु।
तर तिमीले तेस्रो बाटो रोज्यौ;
तिमीले त्यसलाई
आफ्नै कण्ठमा थाम्यौ।
त्यसको तीतोपनलाई चिन्यौ,
तर त्यसलाई
आफ्नो परिचय बन्न दिएनौ।
हो,
पीडालाई महसुस गर्नु,
तर त्यो दुखाइलाई
हतियार बन्न नदिनु नै,
ईश्वर हुनु हो।
क्षितिज किरण श्रेष्ठ
फेब्रुअरी 2026
0 Comments